जहाज दुर्घटनापछि बन्द गरियो अहमदाबाद विमानस्थल
काठमाडाैं | जेठ २९, २०८२
काठमाडौं: एयर इन्डियाको विमान दुर्घटनामा परेसँगै अहमदाबाद अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ। एयरपोर्टका प्रवक्ताका अनुसार अहमाबादबाट लन्डनका लागि उडान भरेको एआई १७१ कलसाइन भएको जहाज दुर्घटनामा परेको हो।
बीबीसी हिन्दीका अनुसार उडान भरेको केही मिनेटमै जहाज दुर्घटनामा पर्यो। अहमदावादबाट बेलायतको ग्याटविक जाने क्रममा दुर्घटनामा परेको भारतीय हवाइ उड्डयन महानिर्देशनालयले जनाएको छ। विमानमा २४२ यात्रु, दुई पाइलट १२ जना चालकदलका सदस्य थिए।
विमानलाई क्याप्टेन सुमीत सभरवालले फर्स्ट अफिसर क्लाइभ कुन्दरसँगै उडाएका थिए।
नेकपा (एमाले) ले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा शनिबार बसेको सचिवालय बैठकले उम्मेदवारको टु...
पोखरा: ११६ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारी पर्यटन व्यवसायी महिला संघ(टेवान) पोखराले समाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको सहयोगमा आज पोखरामा महिलालाई लक्षित गरी मेनोपज सचेतना ...
काठमाडौंः नेपाल आयल निगमले ग्यास सिलिण्डरमा ७.१ किलो एलपी ग्यास भरी प्रति सिलिण्डर आधा रु ९५५ मा बिक्री वितरण गर्ने निर्णय गरेको छ । निगमले बिहीबार विज्ञप्ति जारी गरी हालको परिस्थितिला...

